Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘लगानीयोग्य रकम थुप्रिने र ब्याजदर तल रहिरहे पुँजी पलायन झन् बढ्छ’

२०८२ जेष्ठ २७ गते
सेयर:


बैंकिङ खबर/ नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठुलो मात्रमा लगानीयोग्य रकम थुप्रिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यायले लगानीयोग्य रकम थुप्रिने र ब्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताए । गलत ठाउँमा लगानी हुनसक्ने हुँदा बैंकहरुले थुप्रिएको पुँजीलाई कहाँ लगानी गर्ने यसबारे आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उपाध्यायले बताए ।

उनका अनुसार नेपालमा लगानी गर्न सक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उनको भनाइ छ । वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरुरी रहेको उनले बताए । उपाध्यायका अनुसार नेपालमा प्रभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले समस्या भएको बताए ।

उनले भारतको उदाहरण दिँदै यदि धितो छ भने तीन वर्ष नभईकन सत प्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता पर्दैन । तर नेपालमा पहिलो वर्षमै सत प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले यसले ठुलो दबाब पैदा गरेको छ ।

उपाध्यक्ष उपाध्यायले भने, ‘नेपालमा लगानी गर्न सक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न दिनुपर्छ । साढे ५ प्रतिशतको हाराहारीमा त्यहाँ ब्याज पाउने स्थिति छ । हाम्रो राष्ट्र बैंकले तय गरेको फ्लोर प्राइज ३ प्रतिशत धेरै तल भएको मलाइ लाग्छ । ब्याज कोरिडोरमा तीन प्रतिशत भए तापनि बैंकहरुले तीन प्रतिशत भन्दा तलमा बिडिङ गरेको र तीन प्रतिशत भन्दा तल गएर स्वयम राष्ट्र बैंकले पनि कोरिडोर हुँदाहुँदै पनि त्यसको पालना नभएको हामीले महसुस गरेका छौँ ।’