
बैंकिङ खबर/ जीवन र निर्जीवन बीमा कम्पनीहरूको कूल लगानी ८ खर्ब नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरूले कूल ८ खर्ब १ अर्ब ८२ करोड ४१ लाख रुपैयाँ बराबरको लगानी गरेका छन्। जसमा जीवन बीमा ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख र निर्जीवन बीमाको ६८ अर्ब ७ करोड ४३ लाख रहेको छ ।
समीक्षा अवधिमा जीवन बीमातर्फ सबैभन्दा बढी लगानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको भने सबैभन्दा कम प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स रहको छ । त्यस्तै सोहि आवधिमा निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी लगानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सबैभन्दा कम एनएलजी इन्स्योरेन्स रहेका छन् ।
जीवन बीमा
राष्ट्रिय जीवन बीमा कम्पनी ६१ अर्ब ९३ करोड २१ लाख ,नेशनल लाइफ इन्स्योरेन्स ६७ अर्ब ५२ करोड ८७ लाख,नेपाल लाइफ इन्स्योरेन्सको १ खर्ब ८७ अर्ब ८३ करोड ४७ लाख ,लाइफ इन्स्योरेन्स कर्पोरेशनको १ खर्ब १३ अर्ब ८१ करोड ९८ लाख,मेट लाइफको ३१ अर्ब २७ करोड ९९ लाख, एशियन लाइफको ४५ अर्ब २४ करोड ४० लाख, आइएमई लाइफको १६ अर्ब ७८ करोड ४९ लाख, सन नेपाल लाइफको १३ अर्ब ४९ करोड ३१ लाख, रिलायबल नेपाल लाइफको १९ अर्ब ४८ करोड ८२ लाख, सिटिजन लाइफको २२ अर्ब ९२ करोड १७ लाख, सू्र्यज्योति लाइफको ३९ अर्ब २३ करोड ८४ लाख,सानीमा रिलयान्स लाइफको २० अर्ब ८४ करोड ९३ लाख,हिमालयन लाइफको ७६ अर्ब ७६ करोड र प्रभु महालक्ष्मी लाइफको १६ अर्ब ५७ करोड ४४ लाख रहेको छ ।
निर्जीवन बीमा
नेपाल इन्स्योरेनस कम्पनीको ४ अर्ब ५४ करोड २४ लाख, दि ओरिएन्टल इन्स्योरेन्सको ३ अर्ब ८४ करोड ५१ लाख,राष्ट्रिय बीमा कम्पनी को ८ अर्ब २३ करोड ४१ लाख, नेपाल इन्स्योरेन्सको २ अर्ब ८४ करोड ९६ लाख,नेको इन्स्योरेन्सको ६ अर्ब ५७ करोड ८४ लाख,प्रभु इन्स्योरेन्सको २ अर्ब ५४ करोड ७ लाख,शिखर इन्स्योरेन्सको ४ अर्ब ५८ करोड ४४ लाख, एनएलजी इन्स्योरेन्सको ३ अर्ब ३४ करोड ३० लाख,हिमालय एभरेष्ट इन्स्योरेन्सको ३ अर्ब ५२ करोड ३६ लाख,सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७ अर्ब ९१ करोड २७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६ अर्ब ४७ करोड ८० लाख, आइपिआई प्रुडेन्सियल इन्स्योरेन्सको ४ अर्ब ८८ करोड ४९ लाख र युनाइटेड अजोट इन्स्योरेन्सको ३ अर्ब ८९ करोड ९२ लाख रहेको छ ।




