Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औं वार्षिक साधारण सभाः ८.४२१ प्रतिशत लाभांश पारित

२०८२ जेष्ठ २६ गते

बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेष्ठ २६ गते सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ ।

काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०÷८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।