Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘ब्याजदर ७ प्रतिशतमा झर्दा पनि बैंकमा पैसा लिन नजानु चिन्ताको विषय’

२०८२ जेष्ठ १९ गते

बैंकिङ खबर/ अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताएका छन् । सोमबारको अर्थ समितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताएका हुन् ।

उनले तरलता ठुलो मात्रमा रहेको बताउँदै उनले विधि पुर्‍याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको बताए । आज अर्थसमितिमा बाफियासम्बन्धी विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दिने वातावरण हुनुपर्ने बताए ।

उनले भने, ‘साना उद्योगीहरुलाई ऋण दिनेबारे प्राथमकितामा राख्नुपर्छ । दूरदराजका मान्छेलाई काम गर्न खोज्नेलाई मात्रै घरजग्गाको मूल्यांकनका आधारमा होइन क्षमता र प्राकृतिक हिसाबले दिनुपर्छ ।’