
बैंकिङ खबर/ अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने बताएका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मधेश, कोशी र सुदूरपश्चिमबाहेक ४ प्रदेशको औसत आर्थिक वृद्धि बढी हुने बताएका हुन्।
चालू आर्थिक वर्षका ८ महिना र गत आर्थिक वर्षको समग्र आर्थिक अवस्था चित्रण गरिएको छ। यसअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ।
चालू आवमा कृषि २५.१६ प्रतिशत, उद्योगको १२.१६ प्रतिशत, सेवा क्षेत्रको ६२.१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ। प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको जानकारी दिएका छन्।



