
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर) भए/नभएको हेर्न छुट्टै कार्यविधि ल्याउने भएको छ। केन्द्रीय बैंकले चालु वर्षको मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था गर्ने घोषणा गरेको हो।
‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिनेछ’–जारी त्रैमासिक समीक्षामा भनिएको छ। हालसम्म चेक अनादर सम्बन्धि व्यवस्था राष्ट्र बैंकले एकीकृत निर्देशनमा उल्लेखित व्यवस्थामा गर्ने गरेको छ।


