
बैंकिङ खबर/ राष्ट्र बैंकका तीन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले विभिन्न विभागका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्र बैंकका सहायक सूचना अधिकारी उप-निर्देशक डा.भागवत आचार्यका अनुसार, आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको छ ।
यस्तै अनुसन्धान विभागको प्रमुखमा जनशक्ति व्यवस्थापन विभागका डा. रामशरण खरेललाई ल्याइएको छ । खरेलको ठाउँमा विश्रुत थापालाई पठाइएको छ ।


