Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्ने जिम्मा बंगलादेशको कम्पनीलाई

२०८२ जेष्ठ १० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि प्राविधिक रुपमा एउटा मात्र कम्पनीलाई योग्य ठहराएको छ। राष्ट्र बैंकको सम्पति तथा सेवा व्यवस्थापन विभागले प्राविधिक रुपमा बंगलादेशको Howladar Yunus & Co. लाई मात्र योग्य ठहराएको हो ।

यस अघि राष्ट्र बैंकले ६ वटा कम्पनीलाई सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा पर्नेमा श्रीलंकाको Deloitte Partners , बंगलादेशको Howladar Yunus & Co., भारतको KPMG Assurance And Consulting Services LLP, नेपाल-भारतको संयुक्त जेभी कम्पनी Mehra-JKSS-SSBDI-JV, भारतको MSKA & Associates, र भारत-नेपालको संयुक्त जेभी कम्पनी SRBA & B.K Agrawal & Co. रहेका थिए। यी मध्येबाट राष्ट्र बैंकले प्राविधिक रुपमा Howladar मात्र योग्य ठहर गरेको हो ।

अब राष्ट्र बैंकले Howladar लाई वित्तीय प्रस्ताव पेश गर्ने भन्ने छ। एउटा मात्र कम्पनी योग्य भएकोले यहि कम्पनीले नै १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्ने छ ।

यद्यपि यस अघि पनि राष्ट्र बैंकले एउटा मात्र कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गरेको थियो। तर सो कम्पनीको वित्तीय प्रस्ताव महँगो भएको भन्दै ठेक्का नै रद्द गरेको थियो। राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि २० डिसेम्बर २०२४ मा आवेदन खुलाएको थियो।