
बैंकिङ खबर/ प्रहरीले थालेको सम्पत्ति शुद्धीकरण सम्बन्धी ७ वटा मुद्दाको अनुसन्धान पुरा भएको जनाएको छ । पछिल्लो १ वर्षमा ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाइएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘पछिल्लो १ वर्षमा ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा दर्ता भएको छ ।’
केन्द्रीय अनुसन्धान ब्युरोसहितका कार्यालयमा २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको थापाले बताए । उनले भने, ‘अन्य निकायबाट पनि अनुसन्धानको लागी फाइल पठाउने काम भइरहेको छ ।’
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०८० चैत ३० मा संशोधन गरेसँगै प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान जिम्मेवारी पाएको थियो । ऐन संशोधनसँगै अनुसन्धान र अभियोजन गर्ने निकायलाई ‘सम्बद्ध कसुरसँग’ जोडिए मुद्दा चलाउन पाउने अधिकार दिइएको हो ।



