Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गभर्नर पौडेल भन्छन्– अर्थशास्त्रीलाई देउता जस्तो मानेर वादहरूको पछि नलाग्नुस्

२०८२ जेष्ठ ९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले असमानताको अन्त्य गर्न चाहने हो भने सैद्धान्तिक वादहरूको पछि लाग्न छोड्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थदृष्टि : अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अर्थशास्त्रीहरूलाई “देउता” जसरी पुज्ने चलन र वादप्रतिको कट्टरता गलत भएको स्पष्ट पारे।

गभर्नर पौडेलले भने, ‘समानताको मुद्दा पूर्णरूपमा जायज छ। हामीले यो मुद्दा सम्बोधन गर्न चाहने हो भने एकै वादको पछि लागेर हुँदैन। ०६३ सालपछि केही सुधारका प्रयास भए पनि अझ धेरै गर्न बाँकी छ। पुँजीवाद अन्त्य हुन लाग्यो, समाजवाद मात्र ठीक हो भन्नेजस्ता अति राजनीतिक धारणाले समस्याको समाधान दिँदैन।’