Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उपत्यकामा मात्रै ५९ प्रतिशत बैंकिङ कसुरको मुद्दा

२०८२ जेष्ठ ९ गते

बैंकिङ खबर/ मुख्य १० वटा अपराध मध्येमा बैंकिङ कसुरसम्बन्धी अपराध सबैभन्दा धेरै हुने गरेका छन् । पछिल्लो १० महिनामा देशभर बैंकिङ कसुरको मुद्दा सबैभन्दा धेरै देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०८१ साउनभन्दा पछि ११ हजार ४८ वटा बैंकिङ कसुुरका मुद्दा प्रहरीमा दर्ता भएको छ । तीमध्ये सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए । प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने– ‘कुल मुद्दामध्ये ५९ दशमलव २५ प्रतिशत मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको छ ।’