
बैंकिङ खबर/ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा एक टोली चीन भ्रमणमा जाँदैछ । छ । शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उक्त टोली आइतबार बिहान ११ः५ बजे राजधानी बेइजिङमा अवतरण गर्ने भएको छ ।
भ्रमण टोलीमा एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवीप्रकाश भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट छन् ।
भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारी मुख्य वक्ता रहनेगरी केही कार्यक्रम तय गरिएको छ । बेइजिङमा सोमबार, (१२ जेठमा) सीपीसी विदेश विभाग र चिनियाँ विदेश मन्त्रालयले गर्ने एउटा कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी मुख्य वक्ता हुुनेछिन् । जहाँ छिमेकी देशहरूका नेताहरू बोलाइएको छ ।
शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।
भ्रमणमा सहभागी विभिन्न राजनीतिक व्यक्तिलाई समेत विभिन्न कार्यक्रममा महत्वका साथ भूमिका दिइने तालिकामा उल्लेख छ ।




