Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंक भन्छ– ‘भारु अभाव हल्ला मात्रै, हामीसँग साढे चार अर्ब भारु छ’  

२०७३ पुष ६ गते

नेपाल राष्ट्र बैंकले नेपालमा भारु नोटको अभाव नरहेको दाबी गरेको छ । सीमावर्ती क्षेत्रका नागरिकहरु भारु अभावको सामना गरिरहेपनि नेपाल राष्ट्र बैंकले भने आफुसँग झण्डै साढे चार अर्ब भारु रहेको दाबी गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकसँग झण्डै साढे चार अर्ब रुपैयाँ बराबरको १०० र ५० को भारु रहेको बताए । ‘भारु अभाव भयो भन्ने हल्लामात्रै हो’, उनले भने, ‘हामीसँग यत्रो रकम हुँदा हुँदै कसरी हुन्छ भारु अभाव ?’

यद्यपी हल्लाले केही प्रभाव पारेको हुन सक्ने उनले बताए । ‘भर्खर भारतले गरेको नोट प्रतिबन्ध र त्यसपछिका हल्लाले केही प्रभाव पारेको हुन सक्छ, तर राष्ट्र बैंकसँग भारु भएकाले यसको अभाव छैन ।’ उनले भने ।