२०८२ जेष्ठ ५ गते

गभर्नर नियुक्तिको खबरले सेयर बजारमा हरियाली, बैंकिङ क्षेत्रमा उत्साह

बैंकिङ खबर/ गभर्नर नियुक्तिको खबरले सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो दिन नेप्से इन्डेक्स २२.९९ अंकले बढेर २६३२.०५ को विन्दुमा पुगेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ८ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ७१ हजार २८७ पटकको कारोबारमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६२ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। होटल एण्ड टुरीजम बाहेक सबै सूचकमा हरीयाली छाएको छ। निर्जिवन बीमा र बैंकिङ क्षेत्रमा लगानीकर्ताहरुको उत्साह देखिएको छ।