२०८२ जेष्ठ २ गते

विश्व पौडेलविरुद्ध परेको रिट दरपीठ

बैंकिङ खबर/सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्ध दायर भएको रिट दरपिठ गरिदिएको छ । पौडेललाई नेपाल राष्ट्र बैंकको ऐनविपरीत गभर्नरमा नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले गत मंगलबार रिट पेश गरेका थिए ।

रिटलाई सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका हुन् । समाचारमा आएको भरमा रिट दायर गरिएको भन्दै सर्वोच्चले पौडेलविरुद्धको रिट दरपिठ गरेको बुझिएको छ ।

राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने भन्दै रिट पेश गरिएको थियो ।