२०८२ जेष्ठ १ गते

भट्टदेखि पौडेलसम्मको राजीनामापछि ओली भन्छन्–म मेरिटोक्रेसीलाई महत्व दिन्छु

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभइ योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।”

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति आश्वासन दिँदै राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट र गभर्नर छनोट समिति सदस्य रहेका अर्थविद् डा.विश्व पौडेललाई राजीनामा दिन लगाएर प्रधानमन्त्री ओलीले बोली फेरेका हुन् ।