Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला ? : रेखा शर्मा

२०८२ बैशाख ३१ गते

बैंकिङ खबर/ नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुले राष्ट्रकै बेइज्जत भइरहेको टिप्पणी गरेकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारणसमेत माग गरिन् । ‘दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला ?गभर्नर नियुक्तिको विषयमा बाहिर जुन स्थिति देखिएको छ । सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिलेर अथवा विभिन्न कारणले गभर्नर नियुक्त भएको छैन भन्ने कुरा बाहिर आएको छ । यसले राष्ट्रको बेइज्जत भइरहेको छ,’ उनले भनिन् ।