Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्ः सांसद कार्की

२०८२ बैशाख ३१ गते

बैंकिङ खबर/सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका चढेको उल्लेख गरेकी छन् । बुधबार संसदको शून्य समयमा बोल्दै सांसद कार्कीले लिलामीको बढाबढ तीन करोड पुगेको छ भन्ने आफूले सुुनेको उल्लेख गरिन् ।

उनले यसअघि महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायधिशले प्रसंसायोग्य काम गरेर सफल कार्यकाल सम्पन्न गरिसकेकाले कार्यवहाक गर्भनर निलम ढुंगानालाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्न आग्रह गरिन् । उनले योग्य र अयोग्य मान्छेको खोजी गर्न छोडेर महिलालाई राष्ट्र बैंकको नेतृत्व सुप्पिन आग्रह गरिन् ।