बैंकिङ खबर/ नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष विदुर धमाला बैंकका पैसा थुप्रिएपनि व्यवसायीहरु कर्जा लिन नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
हालै काठमाडौं सिटिसी महलमा मिडिया इन्टरनेशनलको विजनेश स्टुडियोको उद्घाटन क्रममा बोल्दै उनले व्यवसायीले बैंकमा थप्रिएको कर्जालाई लिएर प्रोजेक्ट संचालन गर्न सक्ने स्थिति नरहेको बताए ।
‘अहिले २ प्रतिशतमा कर्जा पाएपनि हामी लगानी गर्न सक्ने अवस्थामा छैनौं । मार्केट छैन । जनसंख्या सबै बाहिर गइरहेको छ’ उनले भने ।
हेर्नुहोस् पूरा भिडियो