Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्याजदर न्यून हुँदा पनि ऋण लिन जानसक्ने स्थिति छैन: डा.चिरञ्जीवी नेपाल(भिडियो)

२०८२ बैशाख २९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले घरजग्गा र निर्माण क्षेत्रमा देखिएको समस्याकै कारण बैंकहरुको खराब कर्जा बढेको बताएका छन् ।

काठमाडौं सिटिसी महलमा मिडिया इन्टरनेशनलको विजनेश स्टुडियोको उद्घाटन क्रममा उनले घरजग्गा व्यवसाय विगत ३ वर्षदेखि समस्यामा परेको बताए ।

यसले छट, सिमेन्ट लगायत कच्चा पदार्थका साथै उद्योग र बैंकिङ क्षेत्रमा सिँधै असर उनको भनाइ छ । हाल बैंकहरुको खराब कर्जा ५ प्रतिशतमाथि पुगेको उनको भनाइ छ ।

‘कुल ग्राहस्थ उत्पादनलाई हेर्ने १८ वटा क्षेत्रमध्ये केही क्षेत्रहरु विगत ६, ७ महिनासम्म पनि नकारात्मक नै थियो । अहिले अलि पोजेटिभ देखिन थालेको छ’ उनले भने । उद्योग क्षेत्र पनि सुधारको अवस्थामा रहेको उनको भनाइ छ ।

उनले भने,‘देशको अर्थतन्त्र अगाडि बढ्न नसक्नु उद्योग र घरजग्गामा देखिएको प्रभावकै कारण हो । अहिले व्याजदर थोरै होस् या धेरै व्यवसायीको आत्मबल अगाडि बढ्न सकेको छैन । मैले १८ प्रतिशत व्याजदर हुँदा पनि लगानी बढेको देखेको छु । अहिले ८प्रतिशत भन्दा पनि कम हुँदा अर्थात् २,४ वर्षकै न्यून विन्दुमा आउँदा बजारमा ५ देखि ६ खर्ब रुपैयाँ बैंकवित्त क्षेत्रमा थुप्रिएर बसेको छ । कोही लिन जाने स्थितिनै छैन । त्यसले गर्दा आर्थिक क्षेत्र त्यति राम्रो छैन ।’

साढे १४महिना बस्तु र सेवा आयत धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको पनि नेपालले बताए । उनले थपे, ‘रेमिट्यान्स मज्जासँग आएको छ । ढुकुटी राम्रो छ, तर विदेशी सञ्चिति राम्रो हुँदा पनि अर्थतन्त्र उत्साहित हुन नसकेर ऋण प्रवाह ७ प्रतिशत मात्र छ । आर्थिक वृद्धि ६ प्रतिशत हुने स्थिति छैन ।’

हेर्नुहोस् भिडियो