Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१० प्रतिशतले बढ्यो रेमिट्यान्स

२०८२ बैशाख २८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यस अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धि दर १७.२ प्रतिशत मात्रै थियो।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाहमा ७.३ प्रतिशतको वृद्धि भएको छ। हाल यो आप्रवाह ८ अर्ब ७४ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११७४ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९ संस्थागत तथा व्यक्तिगत नयाँ ० लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२२२,११,२२६ रहेको थियो ।