नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा शाखा प्रमुख माग गरेको छ । २४ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय स्थापना गरी ३४ हजार ग्राहकलाई सेवा पुर्याउँदै आएको संस्थाले आफ्नो नयाँ तथा पुराना शाखा कार्यालयहरुका लागि स्नातक उतीर्ण गरी कम्तीमा दुई वर्ष लघुवित्तमा काम गरेको अनुभव भएको तथा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरी पाँच वर्षको कार्यअनुभव भएको, लेखा तथा बैंकिङ सफ्टवेर चलाउन जानेको र उमेर २४ वर्ष पुरा भई ४० वर्ष (महिलाको हकमा ४५ वर्ष) ननाघेको नेपाली नागरिकलाई पुस १९ गतेभित्र आवेदन बुझाउन आह्वान गरेको छ ।



