Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी

२०८२ बैशाख २६ गते

बैंकिङ खबर/स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा त्यसको गम्भीर असर परिरहेको बताए ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन् । ‘सरकारले सामान्य प्रक्रियाअन्तर्गत गभर्नर नियुक्ति गर्नु पर्ने हो । तर, दुई दलबीच भागबण्डाको झगडाले एउटा गभर्नरको नियुक्ति हुन सकेको छैन,’ सांसद सिंहले प्रश्न गरे, ‘आर्थिक क्षेत्रमा त्यसको आर्थिक असर कति पर्छ सरकारलाई मतलब छ ?’