काभ्रे जिल्लास्थित बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले केही संख्यामा कनिष्ठ सहायक माग गरेको छ । बैंकले एसएलसी वा सोसरह उतीर्ण गरेको र उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको कर्मचारी माग गरेको हो । बैंकको काभ्रे, मकवानपूर, चितवन, गोरखा, तनहुँ, लमजुङ, नवलपरासी, पर्सा, बारा र रौताहट तथा थप ५ पहाडी जिल्ला १५ जिल्लाका लागि बैंकले कर्मचारी माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले पुस १८ गतेभित्रमा सम्पर्क गरिसक्नुपर्नेछ ।



