
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बंैकर र व्यवसायी छुट्याउने गरी परेका व्यवस्थाबारे विभिन्न देशका असल अभ्यास र नेपालको सन्दर्भमा त्यसको सान्दर्भिकता खोज्नेगरी उचित प्रबन्ध गरिनुपर्ने बताएका छन् ।
यस्तै उनले कुनै पनि लगानीकर्ताले एउटा बैंकमा एक अर्ब लगानी ग¥यो भने अर्काे बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ऋण लिन सक्ने हुँदा उसले आफ्नो इक्वीटी निकालेको बुझिने बताए ।
अब चाहिँ त्यसलाई कडाइ गर्न लागिएको उनको भनाइ छ । ‘सामान्य भाषामा भन्नुपर्दा कुनै एउटा बरोअरले एउटा बैंकमा एक अर्बको लगानी गरेको छ, उसले अर्काे बैंकबाट दुई अर्ब झिक्यो, हामीले के बुझ्नुपर्छ भने उसले आफ्नो इक्वीटी झिकिसक्यो,’ निरौलाले भने, ‘अब त्यो खालको छुट दिइँदैन । पैसा हुँदैमा पब्लिक डिपोजिट उठाउन दिइहाल्नु हुँदैन । यसलाई यसरी नै बुझ्नुपर्छ ।’


