Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषिसम्बन्धी परियोजनालाई धितो राखेर कर्जा दिइने

२०८२ बैशाख १९ गते

बैंकिङ खबर/ राष्ट्रपति रामचन्द्र पौडेलले कृषि उद्यम परियोजनालाई धितो राखेर कृषि कर्जा दिइने बताएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले त्यस्ता कर्जामा युवा पुस्तालाई समेट्ने बताए।

त्यस्तै कृषिलाई प्रवर्द्धन गर्नका लागि भूमि बैंकलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए। उनले कृषिकार्यमा हुने आकस्मिक क्षतिको परिपूरण हुने पनि बताए। उनले नेपालमै प्रांगरिक मल उत्पादन गरिने र रासायनिक मलको बिक्री वितरण नयाँ तरिकाले सञ्चालन गरिने बताए।