
बैंकिङ खबर/चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २६ प्रतिशत हाराहारीमा विप्रेषण आप्रवाह हुने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनमा जीडीपीको २५.८९ प्रतिशतजति रेमिट्यान्स आउने प्रारम्भिक अनुमान गरेको हो।
यस्तै प्रतिवेदनमा गत आव २०८०/८१ मा जीडीपीको २५.३२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान गरिको छ भने आव २०७९/८० मा २३.१२ प्रतिशत विप्रेषण प्राप्त भएको उल्लेख छ।