Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पुनः ३ः२.०८ को अनुपातमा हकप्रद जारी गर्दै अल्पाइन, १४.५ प्रतिशत बोनस सेयर पनि

२०७३ पुष ४ गते
सेयर:

अल्पाइन डेभलेपमेन्ट बैंकले ३ः२.०८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त हकप्रद सेयर निमायक निकायको अनुमति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि हकप्रद बिक्री खुला गरिनेछ । बैंकले गत श्रावण १९ गतेदेखि असार २१ गतेसम्म पनि ३ः२.०८ को अनुपातमा ८ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । 

तीन जिल्ला कार्यक्षेत्र भएको यो बैंकले असार मसान्तसम्ममा ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । यसका लागि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४.५ प्रतिशत बोनस सेयर समेत दिने घोषणा गरेको छ । हाल अल्पाइनको चुक्तापुँजी २१ करोड ९७ लाख रुपैयाँ छ । हकप्रद सेयर र बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक, बैंकले चालु आर्थिक बर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर ५० करोड रुपैयाँ पुँजी पुर्याउने योजना बनाएको छ ।