Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

फागुनसम्म २ खर्ब बढीको वैदेशिक सहायता प्रतिबद्धता

२०८२ बैशाख १४ गते

बैंकिङ खबर/चालू आर्थिक वर्षको फागुनसम्म २ खर्ब २१ अर्ब ९९ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको छ। अर्थ मन्त्रालयका अनुसार कुल प्रतिबद्धतामध्ये २५.७ प्रतिशत अनुदान प्रतिबद्धता आएको हो।

सो अवधिमा १ खर्ब १ अर्ब रुपैयाँ वैदेशिक सहायता आएको छ। कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी रकम ऊर्जा क्षेत्रमा २५.४ प्रतिशत प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ।

सबैभन्दा कम रकम सुशासन क्षेत्रमा ०.२ प्रतिशत प्राप्त भएको छ। त्यसैगरी वातावरण तथा जलवायुमा २१.७ प्रतिशत, सिँचाइमा १२.८ प्रतिशत, पानीमा ११.५ प्रतिशत, विपद् व्यवस्थापन ९.१, यातायातमा ६ प्रतिशत र सामाजिक ४.३ प्रतिशत, पोषणमा १.५ प्रतिशत, पूर्वाधारमा ०.६ प्रतिशत प्रतिबद्धता आएको छ।