२०८२ बैशाख ९ गते

नेपाल बैंकका स्वतन्त्र सञ्चालक अधिकारी पदमुक्त

बैंकिङ खबर/ नेपाल बैंकका स्वतन्त्र सञ्चालक चन्द्र बहादुर अधिकारी पदमुक्त भएका छन्। अधिकारी २०८० साल भदौ ११ गतेदेखि नेपाल बैंकको सञ्चालकमा नियुक्त भएका थिए। उनलाई पदमुक्त गर्न नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले निर्देशन दिएपछि पदमुक्त गरेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिएका छन्।

नक्कली ऋणी खडा गरेर करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको प्रकरणमा उनको मिलेमतो देखिएपछि अख्तियारले अनुसन्धान समेत अगाडि बढाइसकेको छ।