
बैंकिङ खबर/चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरूको अवस्था विस्तारै लयमा फर्किँदै गएको संकेत देखिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरूको अवस्था विस्तारै लयमा फर्किँदै गएको संकेत देखिएको छ ।
चैत मसान्तसम्म सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीहरूले कुल १८ करोड ९६ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.४३ प्रतिशतले वृद्धि हो । गत आवको चैत मसान्तसम्म यिनै कम्पनीहरूले २० करोड ४८ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।
१५ वटा फाइनान्स कम्पनीको खुद नाफा १७ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमासमा ३७ करोड ऋणात्मक थियो ।
पहिले नोक्सानमा रहेका प्रोग्रेसिभ, पोखरा, गुहेश्वरी, सेन्ट्रल र गुडविल फाइनान्स अहिले नाफामा गएका छन् । पहिले नाफामा रहेका बेस्ट र गोर्खाज फाइनान्स अहिले नोक्सानमा गएका छन् ।
साउनदेखि चैत मसान्तसम्म फाइनान्स कम्पनीमध्ये आईसीएफसीले सबैभन्दा धेरै १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ ।
जानाकी फाइनान्स सबैभन्दा धेरै १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७७ रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा पनि सो कम्पनीको भारी मात्रामा बढेको छ ।
