बैंकिङ खबर/राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा सुधार आएको छ । ९ महिनामा साढे ३ अर्ब खुद नाफा कमाएका छन् । बैंकहरुले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल राष्ट्रियस्तरका आठ वटा विकास बैंकहरु छन् ।
समीक्षा अवधिमा बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४.३५ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा तीन वटा बैंकको नाफा घटेको छ भने ५ वटाले बढाएका छन् । तेस्रो त्रैमासमा सर्वाधिक नाफा कमाउनेको शीर्ष सूचीमा गरिमा विकास बैंक छ । बैंकले ७३ करोड ३४ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ७.३२ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । रकमको आधारमा दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले पनि ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, बैंकको नाफामा १६.८६ प्रतिशत गिरावट आएको छ ।
नाफामा तेस्रो सूचीमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि ५१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । जबकि, गत आवको सोही अवधिमा पनि बैंकको नाफा ५१ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
नाफा वृद्धिदर भने गरिमा विकासको उच्च छ । बैंकको नाफा शतप्रतिशत वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा बैंकले १५ करोड २४ लाख रुपैयाँ कमाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १०१.१४ प्रतिशत बढेर ३० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, कामना सेवा विकास बैंकको नाफा ४८.८३ प्रतिशत बढेर ४९ करोड ३१ ला, महालक्ष्मी विकासको १६.८७ प्रतिशत बढेर ४३ करोड ६५ लाख र सांग्रिला डेभलपमेन्टटको नाफा ६१.१९ प्रतिशत बढेर ४३ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा लुम्बिनी विकासको नाफामा भने सर्वाधिक घटेको छ । बैंकको नाफा ८५.४५ प्रतिशत घटेर ४ करोड ९७ लाख रुपैयाँमा झरेको छ । जबकि, गत आवको सो अवधिमा बैंकले ३४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।




