२०८२ बैशाख ५ गते

राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको राजीनामा स्वीकृत हुन बाँकी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका २ कार्यकारी निर्देशकको राजीनामा स्वीकृत हुन बाँकी रहेको छ । शुक्रबार राजीनामा दिएका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको छ ।

यसअघि नै राजीनामा दिएर नयाँ गभर्नरको दौडमा रहेका डा.प्रकाश श्रेष्ठको पनि राजीनामा स्वीकृत भइसकेको छैन । भट्ट र श्रेष्ठ नयाँ गभर्नरका दाबेदार हुन् भने, कामु गभर्नर निलम ढुगानले पनि नयाँ गभर्नरको बलियो दाबेदार हुन् ।

भट्टले पदबाट राजीनामा दिएर स्वीकृत नभएको हल्ला भए पनि उनको राजीनामा स्वीकृतको प्रक्रियामा रहेको छ । कामु गभर्नर निलम ढुगानाले कार्यकारी निर्देशक भट्टको राजीनामा आएको र त्यो प्रक्रियामा रहेको बताइन् ।

यता सत्ता गठबन्धनमै संकट पर्ने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भने डा.गुणाकर भट्टलाई गभर्नर बनाउने सहमती भएको बताइएको छ ।