April 15th, 2025

ओली–देउवा भेटपछि मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति हुन सक्ने

बैंकिङ खबर/नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

गभर्नर नियुक्तिमा दुई मुख्य गठबन्धन घटकबीच मत नमिलिरहेका बेला आजै बिहान प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको थियो। चैत २५ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ।