बैंकिङ खबर/ राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद विराजभक्त श्रेष्ठले सरकराले सेटिङमा गर्भनर नियुक्त गर्न लागेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सासंद श्रेष्ठले सेटिङमा गभर्नर नियुक्ति गर्न लागेको बताएका हुन् ।
उनले फेसफुकमा लेखेका छन्, ‘यही हो सुशासन ??? सेटिङको सिण्डिकेटले अब राष्ट्र बैंक पनि कब्जा गर्दै छ भन्ने सुन्दै छौं। अलिकति बाँकी रहेको जनताको भरोसा पनि चकनाचुर हुन्छ! सुन्दै छौं — राजेन्द्र किशोर क्षेत्री, अर्को गभर्नर सेटिङमा बन्दै छन्! यो सुशासन होइन — यो त सत्ता र सिण्डिकेटको नांगो साँठगाँठ हो! देशको आर्थिक मेरुदण्डमाथि यस्तो खेलवाड जनताले कहिल्यै स्वीकार्दैनन्।’




