April 13th, 2025

गभर्नर नियुक्ति थप अनिश्चितः छनौट समिति सदस्य पौडेल लागे विदेश

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्ति थप धकेलिएको छ । गभर्नर छनौट सिफारिस समितिका सदस्य डा.विश्वनाथ पौडेल नेपालबाहिर गएपछि छनौट प्रक्रिया थप एक साता लम्बिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सरकारले गत चैत १२ गते पूर्वगभर्नर विजयानाथ भट्टराई र अर्थविद् डा. पौडेलसहित सदस्य छनौट सिफारिस समिति गठन गरेको थियो।

१७औँ गभर्नर महाप्रसाद अधिकारी चैत २४ गते कार्यकाल समाप्त गरी राष्ट्र बैंकबाट बिदा भइसकेका छन्। योसँगै गभर्नर छान्न अर्थमन्त्रीको अध्यक्षता सरकारले समिति गठन गरे पनि हालसम्म समितिको बैठक बस्न सकेको छैन । अर्थ मन्त्रालयले चैत २५ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर डा. निलम तिमल्सिना ढुंगानालाई कायममुकाय गभर्नरको जिम्मेवारी दिएको छ।