बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो आठ महिनाको अवधिमा (फागुनसम्म) १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार कारोबार भएको छ।
उल्लेखित तथ्यांकलाई विश्लेषण गर्दा एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ३१ खर्ब ८९ अर्ब ३५ करोडको अन्तर बैंक कारोबार गरेका थिए।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुको ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २८ खर्ब ९४ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरूको २९ खर्ब ४ अर्ब ४१ करोड गरी कुल ३१ खर्ब ८९ अर्ब ३५ करोडको अन्तर बैंक कारोबार भएको थियो।




