Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बैकिङ्ग स्थायीत्वको लागि निक्षेप बीमालाई प्रभावकारी बनाउन सुझाव

२०८१ चैत्र २९ गते

बैंकिङ खबर/सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले बैकिङ्ग स्थायीत्वको लागि निक्षेप बीमालाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएको छ ।

बैकिङ्ग क्षेत्रमा स्थायित्व कायम गर्न रु. ५ लाखसम्मको निक्षेप बीमा गर्ने गरी नेपाल सरकार (९० प्रतिशत) र नेपाल राष्ट्र बैंक (१० प्रतिशत) को रु १० अर्वको लगानीमा निक्षेप तथा कर्जा सुरक्षण कोष सञ्चालनमा रहेको छ । २०८१ असारसम्म यस संस्थाले रु. १४ खर्व ३० अर्वको निक्षेप र रु २ खर्व ५८ अर्वको कर्जा सुरक्षण गरेको छ ।

उक्त संस्थाले संकलन गरेको बीमा प्रिमियमबाट संकलित अधिकांश रकम बैंकमै निक्षेपमा राखेको स्थिति छ । पुनर्बीमा गरेको पनि देखिदैन । यसले बैकिङ् क्षेत्रमा समस्यामा पर्दा निकास दिन नसक्ने देखिन्छ ।