April 9th, 2025

शोधान्तर स्थिति र चालु खाता दुबै बचतमा

बैंकिङ खबर/फागुन महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार ८ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति एक खर्ब ८० अर्ब ८ करोडले बचतमा रहेको जनाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचत थियो । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८९ करोड रहेको थियो।

यसैगरी यस अवधिमा ८ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो।

चालु आवको फागुन महिनासम्मको अवधिका शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको छ ।