April 8th, 2025

राष्ट्र बैंकमा राजनीतिक हस्तक्षेप हुनुहुँदैनःअर्थमन्त्री

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको पनि बताए । उनले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए । ‘जहाँको ८०/६० को विषय छ । यो नीति ढुंगाको अक्षर होइन, छलफल गरेर मिलाउन सकिन्छ,’ उनले भने । अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले आवधिक निर्णय गर्ने र सोही क्रममा स्वायत्त संस्थाका हिसाबले नीति ल्याउने बताए ।