Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकमा पनि बिचौलिया छिरेः शेखर कोइराला

२०८१ चैत्र २६ गते

बैंकिङ खब/ कांग्रेस नेता शेखर कोइरालाले देशको अर्थतन्त्र सम्हाल्ने राष्ट्र बैंकसमेत बिचौलियाले चलाउन थालेको बताएका छन् । मंगलबार नारायणगढमा चितवन कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने ‘एक महिना पहिल्यै हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै भा’छैन । छनोट समिति बने पनि बैठक नै बसेको छैन । बिचौलियाको चलखेलबाट राष्ट्र बैंक पनि बचेन ।’

देश र विश्वकै अर्थतन्त्र ओरालो लागेका बेलामा सक्षम र निष्कलंक व्यक्तिलाई गभर्नर बनाउनु पर्नेमा बाटो बिराउन थालेको उनले बताए । सरकार राजनैतिक संयन्त्रले चलाउन नहुनेमा उनले जोड दिए ।