April 8th, 2025

कुन पार्टीले कति खाने भनेर हिसाब गर्दा राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन सकेनः सांसद सिंह

बैंकिङ खबर/राप्रपा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले कुन पार्टीले कति खाने भनेर हिसाब गरेर बस्दा एक महिना अघि नियुक्त गर्नुपर्ने गभर्नर अझै हुन नसकेको दाबी गरेका छन् ।

राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ’, सिंहले भने, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, ताउ ताउमा हिसाब गरेर बसेका छन् । एमालेले खाने नी काँग्रेसले खाने भनेर लागि राखेका छन् ।’ देशको अर्थतन्त्र सिथिल भएको उनको दाबी छ ।