April 5th, 2025

ऋण नतिर्न उक्साउने टोली फेरि सक्रिय बन्दै

बैंकिङ खबर/ कुनै समय दुर्गा प्रसाईंले चलाएको ऋण नतिर्ने अभियान सेलाएको बेला फेरि अर्को समूह सक्रिय भएको छ । लघुवित्त तथा वित्तीय संस्थाले सर्वसाधारणको आर्थिक शोषण गरेको आरोप लगाउँदै फेरि काठमाडौंमा आन्दोलन थालिएको छ । विगतमा केही समय आन्दोलन गरेपछि एकाएक मत्थर भएको उक्त टोली पुनः सक्रिय भएको हो ।

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति, केन्द्रीय समितिको आह्वानमा राष्ट्र बैंक घेर्न भन्दै नाराबाजी गर्दै आएका छन् । उक्त समितिका अध्यक्ष मणिराम ज्ञवालीको नेतृत्वमा पुनः आन्दोलन हुँदै आएको छ । वित्तीय शोषण संघर्ष समितिका केन्द्रीय सचिवालय सदस्य तथा राष्ट्रिय स्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेल पनि उक्त ¥यालीमा सहभागी भएका थिए । यसअघि दुर्गा प्रसाईंले बैंक तथा लघुवित्त संस्थाको कर्जा नतिर्न आह्वान गर्दै मानिसलाई प्रदर्शनमा ओरालेका थिए ।

गत शुक्रबार राजधानीमा निकालिएको राजावादीहरुको प्रदर्शन हिंसात्मक भएपछि उनी फरार छन् । ज्ञवाली पनि प्रसाईं झैँ विभिन्न वित्तीय संस्थाका ऋणी भएको बताइन्छ । उनीहरुले यसअघि पनि विभिन्न नाममा आन्दोलन गर्दै बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्न सर्वसाधारणलाई उक्साएका थिए ।