सामान्यतयाः तपाई हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ, बैंकहरुले शनिबार पनि सेवा दिन्छन् भनेर । केहि बैंकहरुले शनिबार पनि बैंकिङ सेवा प्रवाह गर्ने गरेका छन् । ३० वटा (क) वर्गका बैंकहरुमध्येका केहि बैंकहरुले ग्राहकहरुको सेवा सुविधा र मागलाई ध्यानमा राख्दै शनिबार पनि आफ्ना केहि शाखाहरु र प्रमुख कार्यालयबाट बैंकिङ सेवा प्रवाह गर्दै आइरहेका छन् । ग्राहकहरुको आकस्मिक सेवालाई ध्यानमा राख्दै यी बैंकहरुले पैसा पठाउने र प्राप्त गर्नेे सेवाहरु सुचारु गर्दै आएका छन् । शनिबार बैंकबाट पैसा पठाउँदा तथा निकाल्दा अन्य दिनमा जस्तै झन्झट नहुने बैंकहरुले जनाएका छन् । यसैबिच, बैँकिङ खबर डट कमले शनिबार पनि खुल्ने (क) वर्गका बैँकहरुको सूची तयार पारेको छ ।
(क्र.सं) (बैंकको नाम) (स्थान) ( खुला रहने समय)
१. एभरेष्ट बैंक लाजिम्पाट, चावहिल, नयाँ वानेश्वर र न्यूरोड विहान १० देखि दिउँसो २ बजेसम्म
२. नविल बैंक कमलादी विहान १० देखि दिउँसो २ बजेसम्म
३. माछापुच्छ्रे बैंक पुतलीसडक विहान १० देखि दिउँसो २ बजेसम्म
४. नेपाल बैंक न्यूरोड विहान ११ देखि दिउँसो २ बजेसम्म
५. सिद्धार्थ बैंक न्यूरोड, तिनकुने, कुमारीपाटी र बौद्ध विहान ११ देखि दिउँसो २ बजेसम्म
६. राष्ट्रिय वाणिज्य बैंक तिनकुने, कुमारी वहाल र हात्तिसार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म
७. प्राइम कमर्सियल बैंक न्यूरोड दिउँसो २ बजेदेखि ४ बजेसम्म
८. सनराइज बैंक पाटन, गाःवहाल र गैरीधारा विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
९. जनता बैंक नयाँ वानेश्वर विहान १० बजेदेखि दिउँसो १ बजेसम्म
१०. सिभिल बैंक कमलादी विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
११. सेञ्चुरी बैंक पुतलीसडक विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
१२. सानिमा बैंक नक्साल विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
१३. बैंक अफ काठमाडौं कमलादी विहान १० बजेदेखि दिउँसो २ बजेसम्म
१४. नेपाल क्रेडिट एण्ड कमर्स बेैंक, न्युरोड विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
१५. प्रभु बैंक विजुलीबजार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म
१६. ग्लोवल आईएमइ बैंक कान्तिपथ विहान १० बजेदेखि दिउँसो २ बजेसम्म
१७. एनआइसी बेैंक न्युरोड र कमलादी विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म
सार्वजनिक विदामा पनि बैंकहरुले सेवा दिन पाउनेबारे नेपाल राष्ट्र बैंकको प्रावधान यस्तो छ ।