March 29th, 2025

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा तानातान भयोः प्रचण्ड

बैंकिङ खबर/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अप्ठेरो अवस्थामा परेको बेला राष्ट्र बैंकको गभर्नर नियुक्तिमा तानातान भएको बताएका छन् । ‘योग्य मान्छे ल्याउनुपर्नेमा सत्ता गठबन्धनभित्र तानातान चलिरहेको छ । को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन,’ उनले भने ।

प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘मैले भर्खरै प्रधानमन्त्री छोडेको हुँ, तपाईंहरूले कहाँ सेटिङ गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ । तपाईंहरू कहाँबाट लाभ लिन खोज्दै हुनुहुन्छ । मलाई सबै थाहा छ । त्यसो नगर्नुस् ।’