बैंकिङ खबर/चालु आवको ७ महिनामा बैंकहरु निर्माण क्षेत्रमा गर्ने लगानी ६.९० प्रतिशत वृद्धि भएको छ । सो अवधिमा २० वटा वाणिज्य बैंकहरुले २ खर्ब १ अर्ब २८ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने बैंकहरुले १ खर्ब ८८ अर्ब २९ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
अधिकांश बैंकहरुले निर्माण क्षेत्रमा लगानी बढाएका छन् भने तर, ६ बैंकको भने घटेको देखिन्छ । निर्माण क्षेत्रमा सबैभन्दा ठुलो लगानी नबिल बैंकको देखिएको छ । बैंकले यो क्षेत्रमा २४ अर्ब ६२ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने १२.०३ प्रतिशत बढी हो ।
एनआइसी एशिया बैंकले २३ अर्ब ११ करोड रुपैयाँ निमार्ण क्षेत्रमा लगानी गरेको छ । लक्ष्मी सनराइज बैंकले पनि निर्माण क्षेत्रमा १९ अर्ब ४७ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । तर, यो गत आवको तुलनामा भने ३७.१३ प्रतिशत कमी हो ।
समिक्षा अवधिमा कुमारी बैंकले निर्माण क्षेत्रमा १६ अर्ब २३ करोड, प्रभु बैंकले १४ अर्ब ५६ करोड, सिटिजन बैंकले १३ अर्ब ६१ करोड, प्राइम बैंकले १२ अर्ब ७० करोड, कृषि विकास बैकले १२ अर्ब ४६ करोड, ग्लोबल आइएमई बैंकले ९ अर्ब ४ करोड, माछापुच्छ्रे बैंकले ७ अर्ब ६३ करोड र स्टान्र्डड चार्टड बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन् ।
माघ मसान्तसम्मको अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ३० करोड, सानिमा बैंकले ६ अर्ब ९१ करोड, एनएमबि बैंकले ५ अर्ब ७८ करोड, सिद्धार्थ बैंकले ५ अर्ब १९ करोड, नेपाल बैंकले ४ अर्ब २१ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५४ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३५ करोड, हिमालयन बैंकले २ अर्ब २३ करोड र नेपाल एसबिआई बैंकले १ अर्ब ७४ करोड रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेका छन् ।




