बैंकिङ खबर/ पछिल्लो समय बैंकिङ कसुरका मुद्दा दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएकामा बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए।
उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन्। पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना समेत बढ्दै गएको उनले बताए।
बैंकिङ कसुर मुद्दा दर्ताको लागि आवश्यक कागजातहरु-:
1. जाहेरी दरखास्त (कारोबारको स्पष्ट बिवरण, रकम दिएको प्रमाण खुलाउने),
2. चेक को प्रतिलिपी,
III. Bounce Slip (insufficient fund उल्लेख भएको मात्र दर्ता हुने) ३ पटक बाउन्स हुनुपर्ने।
IV. जाहेरवालाको नागरीकताको प्रतिलिपी
V. प्रतिवादी सँग आर्थिक सम्बन्ध खुल्ने अन्य कागजातहरू,
रकम रू.१० लाख भन्दा बढी रकमको चेक भएमा आम्दानी को स्रोत अनिवार्य खुलाउनुपर्ने
छ जसमा :-
1. जग्गा जमिन वा घर बेचेको राजीनामा कागज,
2. शेयर बेचेको प्रमाण पत्र र सो को Transaction,
3. कर चुक्ता, प्यान नं. कम्पनी रजिष्ट्रार कार्यालयको प्रमाण पत्र, नाता प्रमाणित (घर परिवार भएमा),
4. कर्मचारी भए मासिक तलब विवरण,
5. Remittance UHT statement,
6. वित्तिय संस्थाको कर्जा प्रमाण पत्र र बैंकमा भुक्तानी भएको स्टेटमेन्टा
7. बैदेशिक रोजागारीमा गएको पासपोर्ट र भिषाको प्रतिलिपी र तलवी बिवरण रकम पठाएको
प्रमाण,
Note: आम्दानीको स्रोत खुलाउदा आधिकारीक प्रमाणलाई मान्यता दिइनेछ।
Company को हकमा
Company को बोर्ड संञ्चालकले गरेको आधिकारीक अख्तियारीको निर्णय र कम्पनिको letter head मा प्रदान गरिएको अख्तियारनामाको पत्र.
१. कम्पनी दर्ता प्रमाणपत्र।
२. आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र।
३. PAN दर्ताको प्रमाणपत्र ।
NOTE:- जाहेरी दर्ता गर्न आउदा जाहेरवाला स्वयं यस परिसरमा उपस्थित हुनुपर्नेछ ।




