बैंकिङ खबर/ सांसद डा.अमरेशकुमार सिंह बैंकिङ क्षेत्रमा तरलता अर्थतन्त्रको नेगटिभ इन्डिकेटर रहेको बताएका छन् । राजस्व चुहावट बढेको, वैदेशिक सहायता खुम्चिएको, विश्व बैंकलगायत ठूला दातृनिकायको अवस्था, बैंकिङ क्षेत्रको तरलताआदिबारे सरकार गम्भीर हुुनुपर्ने बताए ।
प्रतिनिधिसभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै भने,‘मुलुकको अवस्था आर्थिक रुपले जर्जर छ । संविधान बनेयता ८ अर्बको ऋण २६ खर्ब पुगेको छ । अर्थमन्त्रालय योजना सुधारमै लागेको छ । सरकारी क्षेत्र भद्रगोल अवस्थामा पुगेको छ । बताए । राजस्व चुहावट बढेको छ । वैदेशिक सहायताको जग हल्लिएको छ । ’
उनले धेरै बैंकहरुमा तरलता अधिक रहेको र यसको अर्थ नेपालको इकोनोमी ठिक छैन भन्ने रहेको बताए । उनले भने,‘जस्तो मान्छेलाई ज्वरो आउँदा उसकोभित्र अर्को बिमारी पनि हुन्छ । तरलता सिड्रोम मात्रै हो । यसले नेपालको इकोनोमी ठिक छैन भन्ने देखाउँछ ।’