Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालक निर्वाचित

२०८१ चैत्र ३ गते

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचित भएका छन्।

कम्पनीको २५औं वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित रहेको सर्वसाधारण सेयरधनीको सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते वीरगञ्जको होटल भिष्वामा भएको थियो।

जसमा सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन्। निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन्।