बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन्। सरकारले प्राधिकरणको महिला सञ्चालकमा पोखरेललाई नियुक्त गरेको हो। शुक्रबारबाट कार्यकाल सुरु हुने उनी सञ्चालक नियुक्त भएकी हुन्। उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि सरकारले उनलाई विशालबजार कम्पनीको सञ्चालकमा नियुक्त गरेको थियो। उनी हाल उक्त कम्पनीको बहालवाला सञ्चालक हुन्।